जुमा कपमा विवाद, प्रहरीको सहयोगमा खेल सुरु

असल शासन प्रतिनिधि

नेपालगन्ज– धारा दोस्रो जुमा कप वस्तुगत तथा पेशागत फुटबल प्रतियोगितामा आयोजकले आफूखुसी नियम बनाएको भन्दै नेपालगन्ज रंगशालामा भएको जुमा कप फुटबल प्रतियोगितामा विवाद उत्पन्न भएको खेल प्रहरीको सहयोगमा पुनः सुरु गरिएको छ । तेस्रो दिनको खेल सुरु गर्नका लागि आयोजकले प्रहरीको सहयोग मागेको थियो । प्रतियोगिताको विरोधी खेलाडीलाई हटाएर खेल सुचारु गर्नका लागि  जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन भएको थियो ।

प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ भने प्रतियोगिता चैत्र २ गतेसम्म संचालन हुनेछ । प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले ५१ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

यसैबीच  शनिबार भएको प्रतियोगितामा प्याब्सन, बजार प्रतिनिधि र बैंकर्स सेमिफाइनलमा पुगेका छन् । शनिबार पाँच वटा खेल भए । बैंकर्स टोली बार एसोसियसन र टेलिकमलाई पराजित गर्दै सेमिफाइनलमा पुग्यो । बारलाई १७ गोल हानेको बैंकर्सले टेलिकमलाई दुई गोल हान्यो । प्रतियोगिताको दाबेदार मानिएको प्याब्सनले रेडिमेडलाई ३–० गोलले पराजित गर्‍यो । लगातार दोस्रो खेल जितेको प्याब्सनले सेमिफाइनलमा बैंकर्ससँग खेल्ने छ । त्यस्तै बजार प्रतिनिधिले स्वास्थ्यलाई ३–१ गोलले पराजित गर्‍यो ।

शनिबार भएको खेलमा खुद्रा व्यवसायी संघ र सहकारी बराबरी भए । दुवैले एक–एक गोल गरे । जिल्ला सहकारी र इन्टरनेट प्रदायकका बीच आइतबार हुने खेलबाट यो समूहको सेमिफाइनलको टोली तय हुनेछ भने यो समूहमा खुद्रा व्यवसायीको चार अंक रहेको छ भने सहकारीको एक अंक रहेको छ ।

  • २९ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech