गेरुवा ग्रामीण जागरण संघ बर्दियाको अध्यक्षमा कृष्ण जंग शाह

असल शासन प्रतिनिधि

बर्दिया/ गेरुवा ग्रामीण जागरण संघ बर्दियाको आज २७ औं साधारण सभा तथा ८ औं महाधिवेसन गुलरिया बर्दियामा सम्पन्न भएको छ ।

अधिवेसनबाट कृष्ण जंग शाहको अध्यक्षतामा नयाँ कार्यसमिति सर्ब सम्मतबाट चयन भएको छ ।

जसको उपाध्यक्षमा साबित्रा गौतम, महासचिवमा सुनिता चौधरी , कोषाध्यक्षमा लक्ष्मण प्रसाद चौधरी र सह—सचिवमा हरिप्रसाद शर्मा रहेका छन ।

यस्तै सदस्यहरुमा सुधान्सु प्रकाश शर्मा, उर्मिला ताम्रकार, रिता चौधरी, रुइत इद्रिसी र मनोनित सदस्यहरुमा मन्जु शर्मा, हरिहर गौतम चयन भएका छन ।

  • २९ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech