बाँकेको खजुरा गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

असल शासन प्रतिनिधि

बाँके/ बाँकेको खजुरा गाउँपालिकालाई शनिबार पूर्ण खोप दिगोपनाको सुनिश्चितता घोषणा गरिएको छ ।

एक समारोहका बिच खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले खजुरा पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरेका हुन् ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष कक्षपतिले खोप सुनिश्चितताका लागि समन्वयात्मक रुपमा काम गर्दा सफल भएको बताएका थिए ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले यो अभियानमा सक्रियता साथ लागि परेकोमा गाउँपालिकालाई धन्यबाद तथा बधाई दिएका थिए ।

खजुरा गाउँपालिका पूर्ण खोप सुनिश्चितता भएको प्रमाणित गर्दै स्वास्थ्य कार्यालय बाँकेले पालिकालाई प्रमाणपत्र दिएको थियो ।

गाउँपालिका क्षेत्रभित्र रहेका  उप स्वास्थ्य चौकी ,प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी,र आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा खोप केन्द्रमार्फत प्रदान गरिने सबै प्रकारका खोप र सबै उमेर समूहका वालबालिकाले पाएको र पाउने कुराको सुनिश्चितता भएसँगै पालिकालाई पूर्ण खोप सुनिश्चितता गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

यसअघि नेपालगन्जल उपमहानगरपालिका पनि पूर्ण खोप दिगोपनाको सुनिश्चितता घोषणा भइसकेको छ ।

  • २९ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech