‘ओझेलमा पारियो दलितका मुद्दा’

असल शासन प्रतिनिधि

नेपालगन्ज/विश्लेषण एवम् समीक्षा विषयक कार्यक्रमका सहभागीले दलितका मुद्दाहरु ओझेलमा पारिएको बताएका छन् । नेपालगन्ज शनिबार सम्पन्न उक्त कार्यक्रममा दलितका मुद्दालाई सम्मानजनक ढङ्गले राज्यका हरेक संयन्त्रद्वारा सम्बोधन हुन नसक्दा ओझेलमा पारिएको सहभागीले धारणा राखेका छन् ।

दलित सेवा संघ बाँकेको आयोजनामा दलित मुद्दाको सवालमा वर्तमान अवस्थाको विश्लेषण एवम् समीक्षा विषय एक दिने अन्तक्रिया कार्यक्रम गरिएको थियो ।

दलितका मुद्दालाई अझै पनि सम्बन्धित निकायले सम्बोधन नगरेको कार्यक्रममा सहभागी दलित सेवा संघ बाँकेका अध्यक्ष कृष्णबहादुर बिकले बताए । अध्यक्ष बिकले अझै पनि क्षमतवान् दलितलाई अगाडि बढाउनुको साटो विभिन्न बाहनामा पछाडि पारिँदा क्षमता विकासमा समेत असर परेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि माननीय जिल्ला न्यायाधीश मनकुमारी बिक, विषेश अतिथिमा संविधान सभा सदस्य आशा बिक, नेपाल दलित संघका केन्द्रीय उपाध्यक्ष कृष्ण बिक रसाइलीलगायतको सहभागिता रहेको तुलसी सुनारले जानकारी दिइन् ।

दलित सेवा संघ बाँकेका सदस्य तोजेन्द्र बिकद्वारा संचालन गरिएको उक्त कार्यक्रममा आउँदै गरेको एक्काइस मार्चको छुवाछुतविरुद्धको अन्तर्राष्ट्रिय दिवसलाई भव्य रुपमा मनाउनेसमेत बताइएको छ ।

  • २९ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech