दार्चुलाका एक युवक चौलानी नदीमा मृत भेटिए

असल शासन प्रतिनिधि

बैतडी / बैतडी र दार्चुलाको सिमानामा पर्ने चौलानी नदीमा एक युवक मृत अवस्थामा भेटिएका छन ।

दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्की आइतबार फेला परेको प्रहरीले जनाएको छ ।

कार्की बैतडीको दोगडाकेदार गाउँपालिका–६ स्थित चौलानी नदीको बीच भङ्गालोमा मृत फेला परेका हुन ।रमेशको कसरी मृत्यु भयो भन्ने यकिन हुन सकेको छैन ।

गत शुक्रबार शिवरात्रि मेला हेर्न गोकुलेश्वर गएका कार्की घर नफर्केपछि खोजतलास गर्दै जाँदा चौलानीमा मृत भेटिएका हुन्।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • १ चैत्र २०७७, आईतवार प्रकाशित

  • Nabintech