नारायणहिटी दरबार भित्रको फिल्म हल २० वर्षपछि खुल्दै

असल शासन प्रतिनिधि

काठमाडौं/ नारायणहिटी संग्रहालय भित्र रहेको सिनेमा हल अब चलाइने भएको छ।

तत्कालीन राजपरिवारका सदस्यका लागि सिनेमा हेर्न २०२६ सालमा फिल्म हल बनाइएको थियो।

तत्कालीन राजा वीरेन्द्र शाहसहित उनका परिवारका सदस्यको हत्या हुनुपहिले २०५८ सालसम्म यो सिनेमा हल चालु थियो।

दरबार हत्याकाण्ड २०५८ सालदेखि बन्द रहेको सिनेमा हल सरसफाइ र रंगरोगन गरेर आउँदो वैशाखदेखि सञ्चालन गर्न लागिएको छ।

दरबारभित्रको यो सिनेमा हलमा सर्वसाधारणले पनि डकुमेन्ट्री हेर्ने पाउने छन्।

२०५८ जेठ १९ मा दरबार हत्याकाण्ड भएपछि बन्द रहेको यो सिनेमा हल सञ्चालन गर्न थालिएको हो।

  • १ चैत्र २०७७, आईतवार प्रकाशित

  • Nabintech