साढे १९ लाख स्रोत नखुलेको रकमसहित एक पक्राउ

असल शासन प्रतिनिधि

काठमाडौं/ प्रहरीले स्रोत नखुलेको साढे १९ लाखसहित एक जनालाई पक्राउ गरेको छ। पर्साको वीरगञ्ज महानगरपालिका १६ शंकराचार्य गेट इलाकाबाट एपिएफ टोलीले स्रोत नखुलेको १९ लाख ५१ हजार १ सय २० रुपैयाँसहित एक जनालाई शनिबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण जिल्ला रक्सौल नगरपालिका २१ घर भएका ३६ वर्षीय राजेशकुमार साह रहेको प्रहरीले जनाएको छ ।

शरीरमा बाँधेर लुकाई छिपाई ल्याउँदै गरेको उक्त रकम फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

  • १ चैत्र २०७७, आईतवार प्रकाशित

  • Nabintech