जन्मदिनमा सुमित्रालाई पलाएको सेवाभाव

असल शासन प्रतिनिधि

बाँके/ जन्मदिनको दिन प्राय अधिकांश व्यक्तिहरुले केक काट्ने, पार्टी आयोजना गर्ने र घुमफिरमा रकम खर्च गर्ने गर्छन । तर समाजमा यस्ता व्यक्तिहरु पनि छन् जसले जन्मदिनको दिनमा वृद्धवृद्धा, बालबालिका तथा अशक्तलाई सहयोग गर्ने गर्छन । अनि यसैमा आनन्दको अनुभूति गर्ने गर्छन । यसरी सेवाभावमा खटिने कम मात्रै हुन्छन् ।

यस्तै बाँकेको कोहलपुर नगरपालिा वडा नम्बर १० कि सुमित्रा बरालले नीलसागर वृद्ध आश्रममा रहेका ३७ जना बालबालिकाहरुलाई १५ हजार बराबरको कापीकलमर सिसाकलम वितरण गरेकी छिन् ।

बृद्ध आश्रममा रहेका वृद्धवृद्धालाई १५ हजार बराबरको मिष्ठान्न भोजन गराएकी छिन् । सुमित्रा पेशाले शिक्षक हुन् । उनले यसरी आश्रममा जन्मदिनमा सेवाभाव राख्न थालेको ४ वर्ष भयो।

  • १ चैत्र २०७७, आईतवार प्रकाशित

  • Nabintech