सुनिता बनिन् ‘उत्कृष्ट प्रहरी’

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँकेमा कार्यरत प्रहरी जवान सुनिता कुँवर फागुन महिनाको ‘उत्कृष्ट प्रहरी’ बनेकी छिन् ।   कुँवरले तस्करी नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै महिनाको उत्कृष्ट प्रहरीबाट सम्मानित भएकी हुन् ।

वडा प्रहरी कार्यालय नेपालगन्जमा भई हाल भन्सार सुरक्षा गार्ड बाँकेमा कार्यरत कुँवरले डिउटीमा खटिएको अवस्थामा चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा नेपाल ल्याउँदै गरेको भारतीय  दश लाख रुपैयाँसहित १  व्यक्तिलाई नियन्त्रण लिएकी थिइन् । कुँवरलाई नगदसहित कदर-पत्र प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • १ चैत्र २०७७, आईतवार प्रकाशित

  • Nabintech