भेरी प्राविधिक शिक्षालय २७ वर्षे यात्रामा

असल शासन प्रतिनिधि

बाँके / भेरी प्राविधिक शिक्षालय नेपालगन्जले आइतबार वार्षिक उत्सव समारोह सम्पन्न गरेको छ । शिक्षालयले २७ औ वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रमको नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले उदघाट्न गरिन् । उदघाट्न कार्यक्रममा बोल्दै उपप्रमुख मगरले स्थानीय तहले समन्वय गरेर प्राविधिक शिक्षालाई जोड दिने बताइन् ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षालय प्रमुख आशाकुमारी श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा पूर्व शिक्षालय प्रमुख भीमकान्त लामिछाने, जिल्ला समन्वय समिति बाँकेका प्रमुख रामसुरेश यादवलगायतका वक्ताले बोलेका थिए ।

कार्यक्रममा विद्यार्थीलाई पुरस्कार वितरण गरिनुका साथै  मनोरञ्जनात्मक कार्यक्रम पनि गरिएको भेरी प्राविधिक शिक्षालयमा कार्यरत भावना सापकोटाले बताइन्।

  • १ चैत्र २०७७, आईतवार प्रकाशित

  • Nabintech