बिहेको नाममा बलात्कार गरेपछि…

असल शासन प्रतिनिधि

पर्सा–समाजमा दिनप्रतिदिन यौनजन्य घटना बढिरहेका छन् । कतै बाबुबाट छोरीहरु बलात्कृत भएका छन् भने कतै दाइबाट बहिनी ! विश्वासै नलाग्नेखाले यस्ता घटना घटिरहेका बेला पर्सामा भने विवाहको झूटो नाटक रचेर एक बालिका बलात्कृत भएकी छिन् ।

प्रहरीका अनुसार टीकोटालो गरेर विवाहको नाटक गर्ने, बलात्कारको प्रयास गर्ने, प्रलोभनमा पारेर यौनसम्पर्क गर्ने जस्ता क्रियाकलाप भएको बुझिएकोले थप अनुसन्धान भइरहेको जनाएको छ ।

वीरगन्ज महानगरपालिका ३१ का २२ वर्षीय अनिल कुशवाहाले गाउँकै १९ वर्षीया बालिकासँग उनको उमेर २० वर्ष पुगेपछि बिहे गर्छु भनी फागुन १६ गते टीकोटालोसमेत गरेका थिए । तर, अर्कै युवतीसँग बिहे गरेका अनिलले टीकोटालो गरेकी बालिकालाई आफ्नै घर तथा गाउँको एकान्त स्थानमा बोलाएर पटकपटक जबरजस्ती करणी गरेको थाहा पाएपछि पीडित बालिकाका बुबाले प्रहरी कार्यालयमा अनिलविरुद्ध उजुरी दिएका थिए । त्यही उजुरीको आधारमा प्रहरीले अनिललाई पक्राउ गरेको हो ।

  • २ चैत्र २०७७, सोमबार प्रकाशित

  • Nabintech