प्रेसिडेन्ट कप सुरुः मनकामना–स्टार सिटी भिँड्दै

असल शासन प्रतिनिधि

फाइल तस्बिर

नेपालगन्ज/ बाँकेमा एन्फा प्रेसिडेन्ट लिग–२०७७ नेपालगन्ज रंगशालामा सुरु भइरहेको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा पहिलोपटक सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश २ को च्याम्पियन मनकामना युवा क्लब, रौतहट र सुदूरपश्चिम प्रदेशको च्याम्पियन स्टार सिटी युवा क्लब, कैलालीबीच प्रतिस्पर्धा भइरहेको छ । नेपालगन्ज रङ्गशालामा एक भव्य समारोहकाबीच अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष कर्माछिरिङ्ग शेर्पाले उद्घाटन गरेपछि खेल सुरु भएको हो ।

प्रेसिडेन्ट लिग–२०७७ को विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ । प्रतियोगितामा विद्यागत रुपमा फेयर प्ले र सर्वोत्कृष्ट खेलाडीले ५० हजार पाउनेछन् । साथै उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २५ हजार पाउनेछन् ।

प्रतियोगितालाई सफल बनाउन विभिन्न उप–समितिहरु गठन गरिएको छ । जसको सचिवालय संयोजकमा समीर ओली, आवास तथा भोजनमा घनश्याम थापा, मञ्च तथा अतिथि सत्कारमा गोबिन्द श्रेष्ठ, प्रचार– प्रसारमा कमल खत्री, अनुशासनमा गोर्बधन सिंह सम्झना, प्राथमिक उपचारमा भरतबहादुर खत्री, मैदान व्यवस्थापनमा अर्जुन थापा, टिकट व्यवस्थापनमा दीपक राना र स्वयमसेवक व्यवस्थापनको संयोजकको रुपमा विष्णु रावतलाई मनोनित गरिएको छ ।

 

  • २ चैत्र २०७७, सोमबार प्रकाशित

  • Nabintech