कटुवा पेस्तोलसहित तीन पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज– रुपन्देहीमा कटुवा पेस्तोलसहित ३ पक्राउ परेका छन् । जिल्लास्थित मर्चवारी गाउँपालिका ७ कन्चनापुरबाट सम्मरीमाई गाउँपालिका ९ बेतकुइयाका २४ वर्षिय सुरज हरिजन, सोही ठाउँका २३ वर्षिय तौलन हरिजन र सम्मरीमाई ७ भुन्डिहवाका सहिल मुसलमान पक्राउ परेको  जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिएका छन् ।

नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरु माथि शङ्का लागेपछि जाँच गर्दा एक थान कटुवा पेस्तोल फेला परेको थियो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए ।

  • २ चैत्र २०७७, सोमबार प्रकाशित

  • Nabintech