‘चुरोट, सुर्ती र गुट्खा नखाए हुँदैन ?’– बी योर सेल्फ

असल शासन प्रतिनिधि

नेपालगन्ज/असल काम गर्नका लागि मानिसले चाहे के हुँदैन् भन्ने उदाहरण बनेका ‘बी योर सेल्फ’ का युवाले ध्रुमपान र सूर्तीजन्य वस्तु सेवनविरुद्ध जनचेतनामूलक सन्देश प्रवाह गरेका छन् । सोमबार नेपालगन्जस्थित त्रिभुवन चोक परिसरमा उनीहरुले चुरोट र सुर्तीजन्य वस्तुको सेवनले मानव जीवनमा पार्ने स्वास्थ्य समस्याबारे जनचेतनामूलक सन्देश प्रवाह गरेका हुन् ।

त्यस्तै उनीहरुले सडकमा फालिएका चुरोटका ठुटा र सुर्तीजन्य वस्तुका पकेटलाई सेतो खरीले घेरेर जनचेतनामूलक सन्देश लेखेका थिए । धुम्रपान र सुर्तीजन्य वस्तुको सेवनले गर्ने र नगर्ने दुवैको स्वास्थ्यमा असर गर्ने भएकाले धुम्रपान गर्नै पर्ने भए सार्वजनिक स्थानमा नगर्न सन्देश दिइएको थियो भने जथाभावी चुरोटका ठुटा र सुर्तीजन्य वस्तुका पकेट फाल्न नहुनेलगायतका सन्देश प्रवाह गरिएको ‘बी योर सेल्फ’की कोषाध्यक्ष प्रेक्षा केसीले जानकारी दिइन् ।

बी योर सेल्फ’ का युवाले यस अघि घरबाट पाउँदै आएको पकेट खर्च बचाएर नेपालगन्जमा लोभलाग्दो समाज सेवा गरिरहेका छन् । आफू आफू भएर बाँच्न सके अरुलाई पनि खुसी दिन सकिन्छ भन्ने अभियान साथ उनीहरु समाज सेवामा अग्रसर बनेका हुन् ।

  • २ चैत्र २०७७, सोमबार प्रकाशित

  • Nabintech