झुटो आरोप लगाउँदा साढे तीन वर्ष कैद

असल शासन प्रतिनिधि

 

सुर्खेत/ आफूमाथि बलात्कार भएको झुटो जाहेरी दिने एक महिलालाई जिल्ला अदालत सुर्खेतले  साढे तीन वर्षको कैद सजाय सुनाएको छ ।

न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको एकल इजलासले वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई सोमबार तीन वर्ष ६ महिना कैद सजाय सुनाएको हो ।

ती महिलाले वीरेन्द्रगर नगरपालिकाको एक शाखामा कार्यरत कर्मचारीले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।

झुटो जाहेरी दिँदा व्यक्तिको मानहानी गरेको ठहर भएपछि जाहेरी दिने महिलालाई उक्त कैद सजाय तोकिएको अदालतका श्रेस्तेदार यामप्रसाद बास्कोटाले जानकारी दिए ।

  • ३ चैत्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech