बाख्रा चोर पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बर्दियाबाट बाख्रा चोरी गरेर ल्याएको बाख्रासहित २ जना कोहलपुरबाट पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा कोहलपुर नगरपालिका वडा नम्बर १२ चप्परगौडीबाट उनीहरुलाई पक्राउ गरिएको कोहलपुर प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बाँकेको खजुरा गाँउपालिका वडा नं। ६ बस्ने २२ वर्षीय हर्ष बहादुर पोख्रेल र बर्दिया बाँसगढी नगरपालिका वडा नं। ६ बस्ने १९ वर्षीय प्रदिप सुनार रहेको छन् । उनीहरूले चैत १ गते राति बर्दियाको बढैयाताल गाँउपालिका वडा नम्बर ३ निवासी दीपक सुनारको गोठबाट २ वटा खसी चोरेर कोहलपुर ल्याइ पुर्‍याएका थिए । उनीहरूको साथबाट प्रहरीले दुई वटा खसी बाख्रा र भे१ह ४४४३ नम्बरको अटो रिक्सा समेत बरामद गरेको जनाएको छ ।

  • ३ चैत्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech