अनधिकृत विज्ञापनविरुद्ध विद्युत प्राधिकरणको चासो

असल शासन प्रतिनिधि

 

नेपालगन्ज/ नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण शाखाले अनुमति बिना विद्युत पोलमा मनोमानी तरवरले राखेका विज्ञापन विरुद्ध चासो देखाएको छ ।

बिभिन्न कम्पनीहरुले सम्बन्धित निकायको अनुमति बेगर बिद्युत पोलमा मनोमानी तवरले विज्ञापन राख्दै आएको बिषयमा बासले नेपाल बिद्युत प्राधिकरणको ध्यानाकर्षण बुझाएपछि प्राधिकरणले चासो देखाएको हो ।

विद्युत पोलमा विज्ञापन पेन्ट गर्नु अथवा झुन्ड्याउनु अघि सम्वन्धित सरोकारवालसँग अनुमति लिनु पर्ने भए पनि अनुमति बेगर नेपालगन्जका प्रत्येक बिद्युत पोलमा विभिन्न रङले विज्ञापन पोतेको पाईएपछि बासले बिद्युतको ध्यानाकर्षण गराएको हो ।

ज्ञापन पत्र ग्रहण गरेपछि नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण शाखा प्रमुख लखन लला मल्लिकले पोलमा केवुलको लाईन तान्ने बाहेक बिज्ञापनका लागि अनुमित दिने कुनै प्रावधान नभएकाले तत्काल अनाधिकृत बिज्ञापन राख्नेलाई पत्राचार गरि बिज्ञापन हटाउन लगाउने प्रतिबद्धता व्यक्त गरे ।

बासका कार्यकारी निर्देशक नमस्कार शाहले नेपाल बिद्युत प्राधिकरण, नेपालगञ्ज बितरण केन्द्रका प्रमुख लाई भेटेर ज्ञापन पत्र बुझाएका थिए ।
बुझाईएको ज्ञापन पत्रमा कुनै पनि पोल नछुट्टाई सडक नै कुरूप हुने गरी पोल–पोलमा मनपरी विज्ञापन गर्दासमेत कार्यालयको ध्यान नगएको अवस्था प्रति बास गम्भिर भएका उल्लेख गरिएको छ ।

नेपालका प्रतिष्ठित कम्पनीबाटनै नियमको उल्लङ्घन गरी मनोमानी तवरले विज्ञापन राख्न थालेपछि अन्य व्यवसायिक प्रतिष्ठानले समेत आफ्नो व्यवसायिक विज्ञापन सार्वजनिक स्थानमा राख्ने होडबाजी चल्न सक्ने सम्भावना बढेर गएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

बिद्युत पोलमा गरिएको अनाधिकृत विज्ञापनका विषयमा आम सञ्चार माध्यममा समाचार सार्वजनिक हुँदा समेत कार्यालयबाट ठोस कार्वाहीका लागि आवश्यक पहल नहुनु दुःखद कुरा भएको उल्लेख गर्दै ज्ञापनपत्रमा भनिएको छ ।

 

  • ३ चैत्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech