नेपालगन्जमा दिउँसै बल्छन् सडक बत्ती !

सावित्री गिरी

म दिउँसो काम नेपालगन्जको भृकुटीनगरबाट कारकाँदो जाँदै थिए । जब बिपी चोक नजिकै पुगें । त्यहाँ हाइमास्टको सोलार लाइट बलिरहेको थियो । त्यतिबेला दिउँसोको १ बजेको थियो । मैले सोचे यो बत्ती किन ननिभाइएको होला । मलाई यो बत्ती बलेको देख्दा नजिकैका स्थानीय तथा व्यापारीप्रति आक्रोश व्यक्त भयो । म रिक्सामा थिएँ, त्यहाँ अरु यात्रु पनि थिए, बीचैमा रोकेर म गएर निभाउन सक्ने अवस्था थिएन । रिक्सा कुदेर अगाडि बढ्यो म पुष्पलाल चोक पुग्दै थिए सडकको बीचमा रहेको अर्को बत्ती बलेको देखेें । म फेरि त्यसैगरी आक्रोशित भएँ । म सँगै रिक्सामा बसेकी एकजना दिदीले आवाज निकाल्नु भयो,‘ ओहो ! बत्ती त बलिरहेकै रहेछ ।’

यो हेर्दा सामान्य लागे पनि यो श्रोतको दुरुपयोग हो । यसरी बिना काम दिउँसोको समयमा बत्ती बाल्नु राम्रो होइन । त्यस दिन त सोलार स्टिमबाट चल्ने बिजुली बलेको देखें । बिद्युत लाइन जडान गरिएका पोलमा समेत बिजुली बलेको दृश्यले पनि मन पोल्ने गर्छ । नागरिक जिम्मेवार नभएको हो वा जिम्मेवार नबनाइएको हो यो प्रश्न गर्ने विषय बनेको छ । यसरी लापरबाही गर्नु राम्रो पक्ष होइन । यसका लागि सबै जनाले निगरानी गर्नुपर्छ । चाहे पैदल यात्रु होस् चाहे स्थानीय नागरिक सबैले देखेपछि बत्ती निभाउनुपर्छ । नेपालगन्ज रोडमा रातिको समयमा बढ्दो दुर्घटनालाई लक्षित गरी सोलार स्टिमबाट बत्ती जडान गरिएको हो भन्ने कुरालाई सबैले मनन गर्नु पर्छ ।

  • ३ चैत्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech