जुवा खालबाट असईसहित ५ पक्राउ

असल शासन प्रतिनिधि

 धनगढी/ कैलालीमा जुवा खालबाट असईसहित ५ जना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका – १० को खमौरास्थित जंगलमा जुवातास खेलिरहेको अवस्थामा सुदूरपश्चिम प्रहरी डीआईजी उत्तमराज सुवेदीका अंग रक्षकसमेत रहेका प्रहरी सहायक निरीक्षक पुस्कर भट्टसहितका ५ जना पक्राउ परेका हुन् ।

जुवा खालबाट तीन लाख ३४ हजार नगद पनि बरामद भएको छ ।

पक्राउ पर्नेमा धनगढी उप–महानगरपालीका- ३ का ४५ वर्षीय डबल चन्द, वडा नम्बर ४ बस्ने ३० वर्षीय बालकृष्ण पनेरु, गोदावरी नगरपालिका ५ बस्ने ४० वर्षीय टेक बहादुर बिष्ट र कञ्चनपुरको भीमदत्त नगरपालीका ४ बस्ने ३७ वर्षीय सन्तोष चन्द रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

  • ४ चैत्र २०७७, बुधबार प्रकाशित

  • Nabintech