पेट्रोलियम पदार्थको मूल्य बढ्यो

असल शासन प्रतिनिधि

 

नेपालगन्ज/ नेपाल आयल निगमले राति १२ बजेबाट पेट्रोल तथा डिजेल/मट्टितेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर २ रुपैयाँ बढाएको छ । निगमको बोर्ड बैठकले मूल्य बढाएको प्रवक्ता विनित मणि उपाध्यायले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य १ मार्च २०२१ को तुलनामा वृद्धि भएर आएकाले बढाइएको निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेशनले १५/१५ दिनमा मूल्य सूची पठाउँछ । बढेपछि पेट्रोलको मूल्य प्रतिलिटर ११८, डिजेल/मट्टितेलको १०१ रुपैयाँ पुगेको छ । निगमले एल.पी. ग्याँस तथा हवाई ईन्धन (आन्तर्राष्ट्रिय उडान तर्फ)को खुद्रा बिक्री मूल्य हाललाई यथावत नै कायम राखिएको जनाएको छ ।

  • ४ चैत्र २०७७, बुधबार प्रकाशित

  • Nabintech