बेवारिसे अवस्थामा पेट्रोल र डिजेल फेला

असल शासन प्रतिनिधि

नेपालगन्ज/ भारततर्फ तस्करी गर्ने उद्देश्यले लुकाइछिपाइ राखिएको पेट्रोल र डिजल बेवारिसे अवस्थामा फेला परेको छ । बुधबार बिहान साढे ६ बजे बढैयाताल गाउँपालिका ८ नयाँबस्ती स्थित नेपालबाट भारततर्फ लैजाने उद्देश्यले लुकाइछिपाइ राखिएको २ सय ९५ लिटर डिजल र २५ लिटर पेट्रोल बेवारिसे अवस्थामा प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार चार थान साइकलसहित बेवारिसे अवस्थामा फेला परेको तेल बरामद गरी आवश्यक कारबाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया पठाइएको छ ।

नेपाल भन्दा भारतमा पेट्रोलियम पर्दाथको मूल्य बढी भएका कारण खुला सीमा क्षेत्र हुँदै नेपालबाट पेट्रोलियम पदार्थको तस्करी हुँदै आएको छ ।

  • ४ चैत्र २०७७, बुधबार प्रकाशित

  • Nabintech