बलात्कार प्रयासका आरोपी भारतबाट पक्राउ

असल शासन प्रतिनिधि

बाँके/बलात्कार प्रयासका आरोपीलाई बाँके प्रहरीले भारतबाट पक्राउ गरेको छ । गत माघ १६ गते विद्यालयबाट घर फर्किदै गरेकी १५ वर्षिय किशोरीलाई बलात्कार प्रयास गरी हत्या गर्न खोज्ने युवकलाई बाँके प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–४, घोसीटोल निवासी २४ वर्षिय जुनियाद अन्सारीलाई प्रहरीले घटना घटेको २ महिनापछि पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाले बताए ।

नेपालगन्ज स्थित एक सामुदायिक विद्यालयको कक्षा ९ मा पढ्ने १५ वर्षिय ती छात्रा घर फर्किने बेला जुनियादले हत्या गर्ने प्रयास गरेको रानाले बताए । तर पिडित बालिकाले आफूलाई मरेको ठानी भागेको बताएकी छिन ।

आफूलाई कुटपिट गर्ने बेलासम्म थाहाँ पाएको तर त्यसको केहि समय पछि अचेत भएको बताउने ती बालिकाले आफू अस्पतालको बेडमा होस खुलेपछि नयाँ जीवन पाउन सकेकी छिन । बालिका अहिले पनि एक गैर सरकारी संस्थाको संरक्षणमा छीन ।

जुनियादलाई नेपाल प्रहरी इन्टरपोलका डिएसपी निशान्त श्रीवास्तव र जिल्ला प्रहरी कार्यालय बाँकेका सई मणि लामिछाने नेतृत्वको टोलीले नेपाल–भारत सीमाबाट पक्राउ गरेकोे हो ।

  • ४ चैत्र २०७७, बुधबार प्रकाशित

  • Nabintech