नातिनी बलात्कार गर्ने हजुरबुबालाई जन्मकैद

असल शासन प्रतिनिधि

उदयपुर / नातिनी बलत्कारको कसुरमा रहेका उदयपुरका ५६ बर्षीया हजुरबुवालाई आजीवन कारावासको सजाय भएको छ ।
जिल्ला सदालत उयपुरमा बुधबार न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले ८ बर्षीया नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावाससहित ४० हजार दण्ड जरिवाना गर्ने फैसला गरेको अदालतले जनाएको छ । यसैगरी कसुरदार पुरुषले पीडित राहतकोषमा चार हजार जम्मा गर्नुपर्ने सहितको फैसला अदालतले गरेको जिल्ला अदालत उदपुरले जानकारी दिएको छ ।
बलात्कारको अभियोगमा सजाय फैसला भएका हजुरबुबाले गत भदौ ९ गते आफ्नै नातिनीलाई बलात्कार गरेको कसुरमा प्रहरीमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयले ती पुरुषलाई पक्राउ गरेर अदालतमा मुद्दा दर्तासँगै पूर्पक्षका लागि थुनामा राखेको थियो ।

  • ५ चैत्र २०७७, बिहीबार प्रकाशित

  • Nabintech