बर्दियामा मान्छे खाने बाघ नियन्त्रणमा

असल शासन प्रतिनिधि

बर्दिया/ बर्दियामा मान्छे खाने बाघलाई नियन्त्रणमा लिइएको छ । डिभिजन वन कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले नेपाल–भारतको खाता जैविक मार्ग क्षेत्रबाट पाटेबाघ नियन्त्रणमा लिइएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघको आतंक नै बढेको छ । यसअघि बुधवार बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले एउटा पाटेबाघ नियन्त्रणमा लिएको थियो । बिहीवार अन्दाजी १० वर्षको भाले पाटेबाघलाई टोलीले नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत दोर्ण शर्माले बताए ।

बुधबार मात्रै बर्दियाको गेरुवा क्षेत्रबाट बर्दिया निकुञ्जको टोलीले एक बुढो भाले पाटेबाघ नियत्रणमा लिएको थियो ।
बिहीवार नियन्त्रणमा लिइएको बाघले एक वर्षमा पाँच जनालाई आक्रमण गरेको बताइएको छ ।

पछिल्लो पटक गएको मङ्गलवार एक महिलालाई पाटेबाघले आक्रमण गरेर ज्यान लिएलगत्तै निकुञ्ज र डिभिजन वन कार्यालयको टोलीले अनुगमन गर्दै आएका छन् । बाघको आक्रमणबाट राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा एक वर्षभित्र ज्यान गुमाउनेको सङ्ख्या १० पुगेको छ ।

  • ५ चैत्र २०७७, बिहीबार प्रकाशित

  • Nabintech