श्रीमानसँगै सुतेकी कमला मृत फेला, माइती पक्षद्वारा उजुरी

असल शासन प्रतिनिधि

नेपालगन्ज/ होटलमा श्रीमानसँगै सुतेकी महिला मृत फेला परेकी छन् । कञ्चनपुरको बेल्डाँडी गाउँपालिका घर भएर हाल भारतको पन्जाबमा बस्दै आएकी कमला रोकाया धनगढीको सोराइ होटलमा मृत अवस्थामा फेला परेकी हुन् ।

कमलाका माइती पक्षले हत्या भएको भन्दै श्रीमानविरुद्ध उजुरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीमा मृतकका श्रीमानविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएपछि श्रीमान् सुर्जल रोकायालाई नियन्त्रणमा लिएर थप अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए । भारतबाट जग्गा खरिद गर्न धनगढी आएर होटलमा श्रीमानसँगै सुतेकी कमला बिहीबार बिहान मृत अवस्थामा फेला परेकी थिइन्। मृतकका १ छोरा र १ छोरी छन्।

  • ५ चैत्र २०७७, बिहीबार प्रकाशित

  • Nabintech