बलात्कारी बाबुलाई २५ वर्ष कैद

असल शासन प्रतिनिधि

डोटी/ आफ्नै छोरी बलात्कार गर्ने बाबुलाई जिल्ला अदालतले २५ वर्षको कैद सजाय सुनाएको छ । जिल्लास्थित जोरायल गाउँपालिका–५ का डम्बर विकलाई जिल्ला अदालतका न्यायाधीश विदुर काफ्लेको एकल इजलासले उक्त सजाय सुनाएको हो ।

बलात्कार आरोपमा पक्राउ परेका बिकले  गत असोजमा बलात्कार गरेको भनी बिककी श्रीमतीले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । घरमा आमा नभएका समयमा उनले पटकपटक छोरीलाई बलात्कार गर्ने गरेको प्रमाणित भएपछि अदालतले २५ वर्षे कैद सजाय सुनाएको हो ।

  • ५ चैत्र २०७७, बिहीबार प्रकाशित

  • Nabintech