वन्यजन्तुका अङ्गसहित ३ पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ वन्यजन्तुका विभिभन्न भागका अङ्गसहित ३ जना पक्राउ परेका छन् । इप्रका कोहलपुर प्रहरी कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलीले बाँकेको बैजनाथ गाउँपालिका वडा नं. १ बाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा दैलेखको चामुण्डा नगरपालिका वडा नं. २ का ४२ वर्षीय चिनबहादुर थामी मगर, कैलालीको घोडाघोडी नगरपालिका वडा नं. १ का ४५ वर्षीय रत्नबहादुर खत्री र जाजरकोट नलगाड नगरपालिका वडा नं. १ का ४० वर्षीय खले बिक रेका छन् ।

पक्राउ परेकाबाट रेडपाण्डाको छाला १ थान, भालुको पित्त २ थान र कस्तुरीको बिना १ थान बरामद भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिएका छन् । उनीहरुलाई बैजनाथ गाँउपालिका १ चिसापानी बजारबाट पक्राउ गरिएको हो ।

  • ६ चैत्र २०७७, शुक्रबार प्रकाशित

  • Nabintech