गैंडाको खागसहित कृष्ण र सुरेश पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ कोहलपुरबाट गैंडाको खागसहित कृष्ण पुन र सुरेश सिँजाली पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार अन्दाजी २ देखि ३ करोड मूल्य बराबरका २ थान गैंडाको खागसहित उनीहरु पक्राउ परेका हुन् ।

त्रिभुज आकारका २ थान गैंडाको खाग बोकेर हिँडिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई कोहलपुर नगरपालिका ११ दशविगाह क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । पक्राउ परेका दुवैलाई थप अनुसन्धानकालागि जिल्ला वन कार्यालय नेपालगन्ज पठाइएको छ ।

  • ६ चैत्र २०७७, शुक्रबार प्रकाशित

  • Nabintech