हंसरामको नेतृत्वमा साहु समाज

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्जमा सम्पन्न साहु समाज समिति बाँकेको अध्यक्षमा हंसराम साहु निर्विरोध निर्वाचित भएका छन् । शनिबार नेपालगन्जमा सम्पन्न समाजको १० औं साधारणसभा तथा अधिवेशनबाट हंसरामको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । समाजको उपाध्यक्षमा बिमल साहु, सचिवमा बाबुराम साहु, सहसचिवमा प्रदीप साहु र कोषाध्यक्षमा रामदिन साहु रहेका छन् । त्यसैगरी सदस्यमा रामनरेश साहु, प्रहलाद साहु, ओमकार साहु, मोतीलाल साहु, सिताराम साहु र महिला सदस्यमा सम्मुखिया साहु रहेका छन् ।

नवनिर्वाचित समितिको शनिबार बसेको कार्यसमितिको पहिलो बैठकले २ जना सदस्य पनि मनोनित गरेको छ । जसमा राजेन्द्रकुमार साहु र बाबुराम साहु ( पेन्टर ) रहेको समितिका सचिव बाबुराम साहुले जानकारी दिएका छन् ।

त्यस्तै बैठकले ७ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । समितिको वरिष्ठ सल्लाहकारमा हरिनारायण साहु, कानुनी सल्लाहकार रामनाथ साहु रहेका छन् भने सल्लाहकारमा क्रमशः प्रेमलाल साहु, कैलाशनाथ साहु, तुलसीराम साहु, सालिकराम साहु र शंकर साह रहेका छन् ।

निर्वाचन अघि हंशराम साहुको हंशराम साहुको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि समाजसेवी माधवराम बर्मा रहेको कार्यक्रमको उदघाटन सत्रको सञ्चालन प्रदिप साहले गरेका थिए । उक्त अवसरमा साहु समाजका बालबालिकाको सहज पहुँच शिक्षा क्षेत्रमा नभएको, गरिबी र अशिक्षाका कारण दाइजो प्रथाले साहु वर्गलाई जगडेको वक्ताहरुले बताएका थिए ।

हाल २ सय बढी सदस्य रहेको समाजद्वारा २०५३ सालमा फुल्टेक्रामा राधा कृष्ण मन्दिरसमेत निर्माण गरिएको छ । गरिब वर्गलाई प्रतिनिधित्व गर्दै सामाजिक कार्य गर्ने उद्देश्यले करिब १ कठ्ठामा निर्मित मन्दिरसँगै धर्मशाला निर्माण गर्न समाज लागि परेको समाजका प्रदिप साहले जानकारी दिए ।

मन्दिरमा स्थापना गरिएको मूर्तिहरु बहुमूल्य भएको भनाइ राख्दै साहु समाजद्वारा निर्माण गर्न लागिएको धर्मशालालाई समाजका अग्रजहरुले खुलेर सहयोग गर्न कार्यक्रमका प्रखु अतिथि माधवराम बर्माले अनुरोध गरेका थिए । धर्मशाला सञ्चालन पश्चात् गरिब वर्गलाई प्रतिनिधित्व गर्दै सामूहिक विवाह गराइने, धार्मिक संस्कारका कार्यमा धर्मशालालाई प्रयोग गरिने लगायतका योजना रहेको बताइएको छ ।

कार्यक्रममा जसपा बाँके उपाध्यक्ष राजन रानामगर नेपालगन्ज उपमहानगरपालिका ५ नं. वडाका अध्यक्ष कैफुलबरा जोलाह, कार्यपालिका सदस्य कौशल धोबी, नेपाली काँग्रेस बाँके क्षेत्र नं. २ का सभापति रमेशकुमार गुप्ता, शिक्षक दिलीप शाहलगायतले आआफ्ना धारणा राखेका थिए । कार्यक्रममा विभिन्न अतिथिहरुलाई मायाको चिनो समाजद्वारा प्रदान गरिएको थियो ।

  • ७ चैत्र २०७७, शनिबार प्रकाशित

  • Nabintech