आगलागी हुँदा दूध डेरीसँगै किराना पसल सखाप

असल शासन प्रतिनिधि

खजुरा/बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ मा रहेको एक दूध डेरीमा आगालागी भएको छ । आगलागीमा डेरीसँगै सञ्चालनमा रहेको किराना पसलका सम्पूर्ण सामान नष्ट भएको इलाका प्रहरी कार्यालय धनौली सञ्चार शाखाका रुपेश ओलीले जानकारी दिए ।

बिहान ११ः३० बजे भएको आगलागी १२ः१५ मा नियन्त्रणमा आएको थियो । आगलागी भएको सूचना पाएपछि धनौली प्रहरी चौकीबाट इस्पेक्टर बसन्त आचार्यको कमाण्डमा २० टोली र लुम्बिनी प्रदेश सशस्त्र प्रहरी गण खजुराबाट प्रसनि तीर्थराज डाँगीको नेतृत्वमा ५० जनाको टोलीले आगलागी नियन्त्रणमा खटिएको थियो । आगलागी नियन्त्रणका लागि नेपालगन्जबाट दमकलसमेत पुगेको थियो भने कुबेर बस्नेतले सञ्चालन गरेको डेरीमा आगलागी हुँदा ८ लाख रुपैयाँ बराबर क्षति पुगेको सञ्चार शाखाका रुपेश ओलीले जानकारी दिए । विद्युत सट हुँदा आगलागी भएको सञ्चालक बस्नेतले बताएका छन् ।

 

 

 

  • ८ चैत्र २०७७, आईतवार प्रकाशित

  • Nabintech