जातिय हिंसा र छुवाछुत अन्त्यका लागि मानसिकता बदल्नुपर्नेमा जोड

असल शासन प्रतिनिधि

नेपालगन्ज / आईतबार नेपालगन्जमा ५६ औ अन्तर्राष्ट्रिय जातिय उन्मुलन दिवसका अबसरमा जातिय भेदभाव तथा छुवाछुत अन्त्यका लागि सरोकारवालाहरुको भुमिका बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । “जातिय छुवाछुत र हिंसा विरुद्धमा हामी” भन्ने राष्ट्रिय नारा तय गरिएको कार्यक्रम गैर सरकारी संस्था महासंघ बाँके लगायत करिब दुई दर्जन संघ संस्थाको आयोजनामा सम्पन्न भएको हो ।

गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा भएको कार्यक्रममा उच्च अदालत तुलसीपुर ईजलाश नेपालगन्जका मुख्य न्यायधिश रत्न बहादुर बागचनले जातिय छुवाछुत अन्त्यका लागि व्यवहारिक परिवर्तनको आवश्यकता औल्याए ।

उनले मानव अधिकारको संरक्षणमा गर्न सकेमा जातिगत रुपमा अधिकार माग्नुपर्ने अवस्था नरहने बताए । उनले समुदायमा गाझिएको जातिय छुवाछुतको जालोलाई निर्मुल पार्न नयाँ पुस्तालाई सकारात्मक ज्ञानको खाचो रहेको बताए ।

दलित महिला संघ बाँकेका अध्यक्ष निर्मला सुनारले स्वागत मन्तब्य राखेको कार्यक्रममा दलित गैर सरकारी संस्था महासंघकमा केन्द्रिय उपाध्यक्ष नन्द विश्वकर्माले हिजोको जस्तो जातिय छुवाछुतको अवस्था नभएतापनि अझै पनि जातकै छातमा विभेद गरेको महसुस हुनु आफैमा दुःखद भएको बताए ।

उनले राज्यले बनाएका नीति नियम कार्यान्वयनमा जोड दिए । कार्यक्रममा जिल्ला बार ईकाई अध्यक्ष जनक शाही ,उच्च अदालत बार ईकाई अध्यक्ष विकास आचार्य ,जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक सुरज खत्री ,डिएनएफका क्षेत्रीय उपाध्यक्ष बुद्ध सुनार ,दलित सेवा संघ बाँकेका अध्यक्ष कृष्ण बिक,समर्पण नेपालमा अध्यक्ष मोहन लाल सोनखर ,वन तथा बातावरण संरक्षण समन्वय समितिका अध्यक्ष तुलाराम खत्री ,कोहलपुपर नगरपालिका कार्यपालिका सदस्य ििभम नेपाली लगायतले बोलेका थिए ।

 

कार्यक्रमा बोल्ने जातिय छुवाछुत भोगिरहेका पिडितहरुले अझै पनि जातकै कारण देखाएर बालबालिकालाई ट्युश्न नपढाउने ,छोएको खाने कुरा नखाने गरेको अवस्था रहेको बताएका थिए । अझै पनि पुजाआजा तथा विहे ब्रतबन्धमा भान्सा अलग्गै माग गर्ने गरेको बताएका थिए ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत दिपक थापाले जातिय भेदभाव तथा छुवाछुत अन्त्यका लागि सरोकारवालहरुको भुमिका बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए । ५६ औ अन्तर्राष्ट्रिय जातिय उन्मुल दिवसको अन्तर्राष्ट्रिय नारा भने जातिबाद विरुद्ध युवा रहेको छ ।

 

यसअघि दलित अधिकारका क्षेत्रमा कृयाशिल संघ संस्थाहरुले मात्र दिवस मनाउने गरेतापनि यसबर्ष देखि गैर सरकारी संस्था महासंघ बाँकेको संयोजकत्वमा विभिन्न संघ संस्थाहरुले एकेबद्धता जनाएका छन ।

जातिय छुवाछुत विरुद्धको अभियान सबैको साझा अभियान भएकाले गैर सरकारी संस्था महासंघ बाँकेले यो प्रयासको थालनी गरेको महासंघ बाँके अध्यक्ष नमस्कार शाहले बताए । उनले यस्तो प्रयास अन्य दिवसमा पनि गरिदै आएकाले अबका दिनमा अझै तिब्र बनाइने धारणा राखे ।

 

  • ८ चैत्र २०७७, आईतवार प्रकाशित

  • Nabintech