नेपाल–भारत मैत्री संघको अध्यक्षमा ओम प्रकाश सराबगी

असल शासन प्रतिनिधि

नेपालगन्ज/नेपाल–भारत मैत्री संघको अध्यक्षमा ओम प्रकाश सरावगी निर्बाचित भएका छन । आईतबार नेपालगन्जमा सम्पन्न संघको सातौं केन्द्रिय मैत्रीसभा तथा महाधिबेशनबाट ३ सय ५ मत ल्याउदै सरावगी निर्बाचित भएका हुन । उनले बर्तमान अध्यक्ष राजकुमार सिन्धीलाई पराजित गरेका हुन । सिन्धीले १ सय ९९ मत ल्याएका थिए ।

त्यस्तै बरिष्ठ उपाध्यक्षमा सुरेन्द्र मोहन झा ३ सय १० मत ल्याउदै बिजयी भएका छन भने उनका प्रतिद्वन्दी बिष्णु सापकोटाले १ सय ९२ मत ल्याएका छन । महासचिवमा २८१ मत ल्याउदै बोधकृष्ण सुबेदी निर्बाचित भए । सातै प्रदेशका उपाध्यक्ष र सदस्य सहित २९ सदस्सीय कार्यसमिति निर्वाचित भएको छ । जसमा सचिव मनोनित हुने निर्वाचन समितिले जनाएको छ ।


५ सय ६७ मतदाता रहेकोमा ५ सय ६ मत खसेको थियो । संघमा निर्वाचनका लागि जम्मा ४६ जनाले नोमिनेशन गरेकोमा ३ जनाले फिर्ता लिएका थिए । ७ जना निर्विरोध भएका छन् । उपाध्यक्ष ३ जना, सात क्षेत्रका महिला सदस्य ५ जना निर्विरोध भएका हुन । निर्विरोध हुने उपाध्यक्षमा प्रदेश १ का लोकेन्द्र कुमार श्रेष्ठ, प्रदेश ४ का ऋषिराम सापकोटा, प्रदेश नं. ६ का धनबहादुर श्रेष्ठ रहेका छन् ।

नेपाल–भारत मैत्री संघको सातौं केन्द्रिय मैत्रीसभा तथा महाधिबेशन नेपालगन्जमा शनिबारबाट शुरु भएको हो । संघको केन्द्रिय मैत्रीसभा तथा महाधिबेशन नेपालगन्जमा शुरु प्रतिनिधी सभा सदस्य एव पुर्ब मन्त्री संजय कुमार गौतमले शनिबार पानसमा दिप प्रज्जवलन गरि कार्यक्रमको उदघाटन गरेका थिए ।

संघका केन्द्रिय अध्यक्ष राजकुमार सिन्धीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी गौतमले संघले नेपाल र भारत बीचको सम्बन्ध प्रगाढ बनाउन पुलको काम गरेको बताए । नेपाल र भारत बीच बिभिन्न समयमा देखिएका समस्याको समाधानका लागि पनि संघले महत्वपुर्ण समन्वय गरेको गौतमको भनाई छ ।

 

६ दशक अघि स्थापना भएको संघको प्रमुख उद्देश्य दुबै देश बीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै सांस्कतिक, साहित्यीक, भाषिक कार्यक्रमको आदान प्रदान गर्नु भएको बताए ।

उनले नेपालका ७० जिल्लामा संघ गठन भएको भन्दै करिब ९ हजार नेपाली नागरिक यसको आजिवन सदस्य रहेको जानकारी दिए ।

शनिबार गरिएको उदघाट्न कार्यक्रममा पुर्ब सासंद मोहम्मदी सिद्दिकी, भोला सिद्दिकी लगायत यहाका उद्योगी ब्यवसायीहरु, शिक्षा क्षेत्रका प्रतिनिधीहरु, साहित्यकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

  • ८ चैत्र २०७७, आईतवार प्रकाशित

  • Nabintech