कर्मचारीलाई सुशासन

असल शासन प्रतिनिधि

रोल्पा/ सहास नेपाल रोल्पामा कार्यरत कर्मचारीहरुका लागि सुशासन विषयक दुइ दिने तालिम सुरु भएको छ । स्ट्र«ोम फाउण्डेशन नेपालको सहयोगमा सहास नेपालद्धारा संचालित दिगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण (सिड्स) कार्यक्रम अन्र्तगत सो तालिम आइतबारबाट सुरु भएको हो ।

रोल्पाको सुनिल स्मृती गाउँपालिकाको सुलिचौरमा सञ्चालित तालिमको पहिलो दिन सहजकर्ता, बासका निबर्तमान अध्यक्ष मन भण्डारीले असल शासन, असल शासनका आधारभुत तत्व, असल शासनका बाधक तत्व, सूचनाको हक, किन संस्कृति, लगायतको बिषयमा सहजिकरण गरेका थिए । सहास नेपालका प्रताव श्रेष्ठले संचालन गरेको तालिममा  १३ जनाको सहभागिता रहेको छ । दुइ दिनसम्म चल्ने तालिममा परियोजना संयोजक मेनुका मल्ल सिंहको उपस्थिती रहेको थियो ।

 

  • ८ चैत्र २०७७, आईतवार प्रकाशित

  • Nabintech