गिरीको अध्यक्षतामा कर्णाली फिजियोथेरापी

असल शासन प्रतिनिधि

नेपाल फिजियोथेरापी संघ कर्णाली प्रदेशका अध्यक्ष थोमस गिरी(बीचमा), सचिव उमाशंकर साह(दायाँ) र कोषाध्यक्ष शिखा देवकोटा  (बायाँ) ।

नेपालगन्ज/महिलाहरुको सहभागितालाई प्राथमिकतामा राख्दै नेपाल फिजियोथेरापी संघको कर्णाली प्रदेश शाखा गठन गरिएको छ ।  सोमबार थोमस गिरीको अध्यक्षमा ७ सदस्यीय कमिटी गठन गरिएको छ जसको कार्यसमितिमा ४ महिलाको सहभागिता रहेको नेपाल फिजियोथेरापी संघले बताएको छ ।

गठन गरिएको नयाँ कार्यसमितिको सचिवमा उमाशंकर साह, कोषाध्यक्षमा शिखा देवकोटा, सदस्यमा क्रमशः गोबिन्द शाही, धना खड्का, पिन्सी सिग्देल, रुस्मा कठायत रहेका छन् ।

सोमबार संघका केन्द्रीय अध्यक्ष लक्ष्मण अधिकारी, महासचिव समित श्रेष्ठ, केन्द्रीय सदस्य सुरज भुषाल, लुम्बिनी प्रदेशका अध्यक्ष जगदिश खनाल, उपाध्यक्ष हितेश न्यौपाने र कोषाध्यक्ष संजय पाण्डे उपस्थितिमा कर्णाली प्रदेश शाखा गठन गरिएको हो ।

समग्र फिजियोथेरापिष्टहरुको हकहितको निम्ती काम गर्ने उद्देश्यले स्थापना भएको संघले सातै वटा प्रदेशमा शाखा विस्तार गर्ने अभियान चलाएको छ । जस अन्तर्गत सोमबार कर्णाली प्रदेश शाखा गठन गरिएको संघका केन्द्रीय सदस्य सुरज भुषालले बताए । केही दिनमा सुदूरपश्चिम शाखा पनि गठन गर्ने योजनामा रहेको उनले बताए ।

  • ९ चैत्र २०७७, सोमबार प्रकाशित

  • Nabintech