५० हजार रुपैयाँमा युवती बेच्ने पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ ५० हजार रुपैयाँमा २० वर्षीय युवतीलाई बिक्री गरेको आरोप लागेका एक व्यक्तिलाई ६ वर्षपछि जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ बस्ने ३२ वर्षीय अमर क्षेत्री कार्कीलाई वडा कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

कार्कीले ती युवतीलाई बेहोस बनाउने मिठाइ खुवाएर भारतको बहराइच पुर्‍याएका थिए । बहराइचबाट पुनः भारतस्थित लखनउ लगेर त्यहाँका एक व्यक्तिलाई ५० हजार रुपैयाँमा बेचेको भन्दै २०७१ असार २८ गते पीडित युवतीले मुद्दा दर्ता गराएकी थिइन् ।

  • ९ चैत्र २०७७, सोमबार प्रकाशित

  • Nabintech