साढे १८ लाखको खोज तथा उद्धार सामग्री हस्तान्तरण

असल शासन प्रतिनिधि

नेपालगन्ज/ जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले सुरक्षा निकाय तथा दमकल सेवालाई खोज तथा उद्धार सामाग्री सोमबार हस्तान्तरण गरेको छ । उद्धारका बेला मानवीय तथा भौतिक क्षति न्यूनीकरण तथा सुरक्षा निकायमा हुने खोज तथा उद्धार सामाग्रीको कमी पूरा उक्त सामाग्री  वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।

विपद्को बेला अग्ररुपमा खटिने सुरक्षा निकाय खोज तथा उद्धार सामाग्रीको अभावले विपद् प्रतिकार्य प्रभावित हुने गरेकोले जिल्ला विपद् व्यवस्थापन समितिले करिब १८ लाख ५० हजार बराबरको सामग्री हस्तान्तरण गरेको हो ।

सुरक्षा निकायमा रहेका सामाग्री र विपद्का बेला आवश्यक पर्ने थप सामाग्री परिचान गरी अभाव भएका आधारमा सामाग्री खरिद गरी वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी कुरुम्वाडले सशस्त्र प्रहरी बल ३० न गणलाई ३७ प्रकारको, भैरव प्रसाद गणलाई ३२ प्रकारको र जिल्ला प्रहरी कार्यालय बाँकेलाई ३० प्रकारका खोज तथा उद्धार सामाग्री हस्तान्तरण गरेका छन् ।

त्यसैगरी नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर उपमहानगरपालिकालाई १/१ थान एलमुलियम फायर सुट उपलव्ध गराइएको जिल्ला आपतकालीन कार्य संचालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

  • ९ चैत्र २०७७, सोमबार प्रकाशित

  • Nabintech