सैनिकसँग धम्बोझी स्तब्ध

असल शासन प्रतिनिधि

नेपालगन्ज/ एन्फा प्रेसिडेन्ट लिग फुटबलमा सोमबार सैनिक युथ क्लब झापाले घरेलु टोली धम्बोझी क्लब बाँकेलाई ३–२ ले पराजित गरेको छ । अर्को खेलमा स्टार सिटी युथ क्लब कैलालीलाई धादिङ समाज धादिङले १–१ को बराबरीमा रोकेको छ । खेलको अन्तिममा मिनेटमा दिपक राज सिंह ठकुरी गोल गरेपछि खेल बराबरी भएको थियो । उनले ९२औं मिनेटमा गोल गरे ।
त्यसअघि धादिङको तर्फबाट उमेश राईले ५३औं मिनेटमा गोल गरेका थिए । खेलमा धादिङका अनिल तामाङ म्यान अफ द म्याचबाट पुरस्कृत भए । उनलाई कैलाली जिल्ला फुटबल संघका अध्यक्ष मोहित शाहले पुरस्कृत गरे । त्यसअघि सोमबार भएको पहिलो खेलमा सैनिकको तर्फबाट सुनिल खड्काले २०मिनेट, सुशील लामाले ३३ मिनेट र जीवन गुरुङले ४८औं मिनेटमा गोल गरेका थिए । धम्बोझीको तर्फबाट पुर्ण गुरुङले ५ मिनेट र बिसन गुरुङले ८०औं मिनेटमा गोल गरेका थिए । खखेलमा सैनिक युथका जीवन गुरुङ म्यान अफ द म्याच घोषित भए । उनलाई एन्फा केन्द्रीय सदस्य प्रदेश सिंह राठोरले पुरस्कृत गरेका थिए ।
चैतको १५ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, बागमति प्रदेशको धादिङ समाज धादिङ, गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशको धम्बोझी क्लब बाँके, कर्णाली प्रदेशको लेकाली युवा क्लब जुम्ला र सुदूर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन । प्रतियोगिताको उत्कृष्ट सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछ ।
अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग । यस प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गरिरहेका छन ।

  • ९ चैत्र २०७७, सोमबार प्रकाशित

  • Nabintech