बसको ठक्करले युवतीको मृत्यु, राजमार्ग अवरुद्ध

असल शासन प्रतिनिधि

कैलाली/ बसको ठक्क्रबाट एक युवतीको ज्यान गएपछि जिल्लास्थित लम्कीको माहोल तनावग्रस्त बनेको छ । मंगलबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्की चोकस्थित टीकापुरतर्फ जाँदै गरेको ना७ख ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो।

सोही विषयलाई लिएर आन्दोलित भएका स्थानीयले राजमार्ग अवरुद्ध पार्नुका साथै टायर बालेर प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीहरुले ईलाका प्रहरी कार्यालय लम्की घेराउ समेत गरेका छन्।

अहिले लामो तथा छोटो दूरीका गाडी लम्कीमा रोकिएका छन् ठक्कर दिने बस र चालक बर्दगोरिया गाउँपालिका १ का ३१ वर्षीय पुष्प कँडेललाई प्रहरीले नियन्त्रणमा लियको छ l

 

  • १० चैत्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech