दाङमा स्कुल बस दुर्घटना हुँदा एक किशोरीको ज्यान गयो

असल शासन प्रतिनिधि

 

दाङ/ दाङमा स्कुल बस दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित ज्ञानज्योती कलेजमा अध्ययनरत एक किशोरीको ज्यान गएको छ ।

मंगलबार विहान विद्यालय जादै गर्दा रा १ ख ७३३ नम्बरको आफ्नै विद्यालयको स्कुल बसको ब्रेक फेल हुँदा कक्षा १२ मा अध्ययनरत छात्रा सम्झना केसीको ज्यान गएको त्यहाँबाट पत्रकार दुर्गालाल केसीले जानकारी दिएका छन ।

मृतक केसी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ स्थित डुरुवाबाट बस चढेकी थिईन ।

उक्त बस तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ स्थित सरैयामा दुर्घटनामा परेको हो ।

सम्झनाको स्कुल बस चढेको १५ मिनेटमै ज्यान गएपछि अहिले त्यस क्षेत्रका स्थानियहरु दुःखी भएका छन ।

दुर्घटनाबाट गम्भिर घाइते भएका ७ जना विद्यार्थीहरुलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ भने अन्य विद्यार्थीहरुको अवस्था सामान्य रहेको छ ।

बसमा जम्मा २१ विद्यार्थी सवार रहेका थिए ।

  • १० चैत्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech