स्कुल जाँदै गरेकी ७ वर्षीया बालिकाको मृत्यु

असल शासन प्रतिनिधि

नेपालगन्ज/ घरबाट विद्यालय जाँदै गरेकी एक बालिकाको भीरबाट खसेर मृत्यु भएको छ । अछाम बान्निगढी जयगढ गाउँपालिका-६ दर्ना चन्डालीकी ७ वर्षीया आयुशा ठकुल्लाको भीरबाटो भन्ने ठाउँमा भीरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । ठकुल्ला भीरबाट १ सय ५० मिटर तल खसेर गम्भीर घाइते भएकी थिइन् । उनलाई बयलगडा अस्पताल लैजाने तयारी गर्दैगर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • १० चैत्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech