७ विद्यालय ‘हेण्ड वास स्टेशन’ले सुसज्जित

१२ वटा धाराबाट एकैपटक खानेपानीका लागि प्रयोग गर्न सकिने सो स्टेशनमा मोटर, जिआई पाइप, ट्याङ्की जडान गरिएको छ ।

असल शासन प्रतिनिधि

नेपालगन्ज/गेरुवा ग्रामीण जागरण संघ बाँकेले परियोजना अन्तर्गत नेपालगन्जका ७ वटा विद्यालयमा हेण्ड वास स्टेशन निर्माण गरेको छ । संस्थाद्वारा बाँकेमा सञ्चालित सहरी सरसफाइ तथा स्वच्छता प्रवद्र्धन परियोजना अन्तर्गत सो स्टेशन निर्माण गरिएको हो ।

नेपालगन्जका नारायण मावि, महेन्द्र मावि, जगतज्योति मावि, महाराजा मावि, कारकाँदो मावि र सल्यानीबाँग माविमा उक्त स्टेशन निर्माण गरी बालबालिकालाई खानेपानीसम्मको पहुँच स्थापित गरिएको कार्यले विद्यालयलाई महत्वपूर्ण योगदान पुगेको सम्बन्धित विद्यालयका प्रधानाध्यापकको भनाइ रहेको छ ।

१२ वटा धाराबाट एकैपटक खानेपानीका लागि प्रयोग गर्न सकिने सो स्टेशनमा मोटर, जिआई पाइप, ट्याङ्की जडान गरिएको छ । एउटा स्टेशन निर्माणका लागि ७५ देखि ८० हजारसम्म संस्थाले खर्च गरेको संस्थाका अध्यक्ष कृष्णजंग शाहले बताए । शाहका अनुसार, परियोजना अन्तर्गत नेपालगन्जका ५ वटा वडाका विभिन्न समुदायमा धारा निर्माणमा सहयोग गरिएको छ । वडा नम्बर २२ को किंगरियनपुरमा नयाँ धारा निर्माण गर्नुका साथै वडा नम्बर ६, १३, २१, १४ र १५ मा धारा मर्मतमा संस्थाले सहयोग गरेको छ । उक्त कार्यका लागि प्रति धारा १५ हजार बढी सहयोग गरिएको छ ।

परियोजना अन्तर्गत १७ वटा माविलाई ३० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । यसै गरी १० वडाको १० वटा टोल स्तरीय समिति गठन गरिएको छ ।

  • १० चैत्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech