कैलालीमा गोली चल्दा २ घाइते

असल शासन प्रतिनिधि

धनगढी/ युवती मृत्युपछि तनावग्रस्त बनेको कैलालीमा प्रदर्शनले उग्ररुप लिँदा प्रहरीले गोली चलाएको छ । बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले चलाएको गोली लागेर २ जना घाइते भएका छन्।

प्रदर्शनकारीहरुले ईलाका प्रहरी कार्यालय लम्की घेराउ गर्न खोज्दा भिडलाई तितरबितर गर्न हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घाइते दुवैजनालाई थप उपचारका लागि कोहलपुर अस्पताल रेफर गरिएको छ ।

मंगलबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्की चोकस्थित टीकापुरतर्फ जाँदै गरेको ना७ख ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो।

सोही विषयलाई लिएर आन्दोलित भएका स्थानीयले राजमार्ग अवरुद्ध पार्नुका साथै टायर बालेर प्रदर्शन गरिरहेका छन्।

उनीहरुलाई नियन्त्रण गर्न प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ। ठक्कर दिने बस र चालक बर्दोगोरिया गाउँपालिका–१ का ३१ वर्षीय पुष्प कँडेललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

  • १० चैत्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech