नरैनापुरमा भिषण आगलागी ६ घर जलेर नष्ट

असल शासन प्रतिनिधि

नेपालगन्ज / बाँकेको नरैनापुर गाँउपालिका वडा नम्बर ६ मा भिषण आगलागि हुदा ६ घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।
गंगापुरको चौविस विगाहका स्थानीय स्थानिय चिल्लर यादवको घरबाट सुरु भएको आगोले रक्षाराम यादव, रंकु यादव ,मादब यादब, मोहन यादव र बुद्धराम यादवको घर समेत गरी ६ वटा फुसको घर पूर्ण रुपमा जलेर नष्ट भएका छन ।। एकाएक घरमा आगो लागेपछि घर भित्र रहेका व्यक्तिहरु भागेर ज्यान जोगाएका थिए । आगलागिबाट ६ घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् भने घरमा रहेका सामाग्री, अन्नबाली लगायत सबै जलेर जष्ट भएको घट्ना स्थलमा रहेका नरैनापुर गाँउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कृष्णचन्द्र मौर्यले असल शासनलाई बताए ।
घरमा लागेको आगो फैलीन थालेपछि गाँउपालिकाको दमकल लाई बोलाईएको थियो दमकल आउदा सम्म ६ घर जलेर नष्ट भईसकेको अध्यक्ष मौर्यले बताए । अहिले घट्ना स्थलमा नेपाल प्रहरी, सशत्र प्रहरी र नेपाली सेना सँगै स्थानीयहरुको उपस्थिती रहेको छ भने पिडित परिवारका सदस्यहरु छिमेकी तथा आफन्तको घरमा बसिरहेका छन् ।

दिउसो साढे १ बजे लागेको आगो प्रहरी र दमकलको सहायताले नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी हवल्दार चन्द्र बहादुर पालले बताए । आगलागी हुँदा १२ लाखको क्षती भएको प्रहरीको आकलन छ ।

फोटोे : मकबुल अहमद मुकेरी

फोटोे : मकबुल अहमद मुकेरी

फोटोे : मकबुल अहमद मुकेरी

फोटोे : मकबुल अहमद मुकेरी

  • १० चैत्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech