टोल विकास संस्थालाई क्षमता विकास

असल शासन प्रतिनिधि

रोल्पा/ सुनिलस्मृती गाउँपालिका वडा नम्बर २ स्थित दुई वटा टोल विकास संस्थाका पदाधिकारीहरुका लागि एक दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । स्ट्र«ोम फाउण्डेशन नेपालको सहयोगमा सहास नेपालद्धारा संचालित दिगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण (सिड्स) कार्यक्रम अन्र्तगत सो तालिम मंगलरबार गाउँपालिकाको खुंग्रीमा सम्पन्न भएको हो ।
केही समय पहिले गठन भएका खुंग्री टोल विकास समिति र हिले टोल विकास समितिका पदाधिकारीहरुका लागि भएको तालिममा सहजकर्ता, बासका निबर्तमान अध्यक्ष मन भण्डारीले टोल विकास संस्थाको आवश्यकता, गठन प्रक्रिया, टोल विकास संस्था गठन गर्नुका उद्देश्य, टोल विकास संस्थाको काम, भुमिका, कर्तब्य लगायतको बिषयमा सहजिकरण गरेका थिए । तालिमपछि दुइ वटा टोल विकास समितिका पदाधिकारीहरुले छुट्टाछुट्टै बार्षिक कार्ययोजना तयार गरी प्रस्तुत गरेका थिए ।


तालिमको समापन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि, सुनिलस्मृती गाउँपालिका वडा नम्बर २ का अध्यक्ष नेत्र बहादुर गिरीले टोल विकास संस्थाहरु समुदायको विकासका लागि वडा कार्यालयको सहयोगिको रुपमा रहेको बताए । मानविय चेतनाको विकासपछि मात्रै अन्य विकास सम्भव भएको भन्दै समुदायको चेतना स्तर उकास्न टोल विकास संस्थाहरुले भुमिका खेल्नुपर्ने गिरीको भनाइ थियो । टोल विकास संस्थाहरुले सामाजिक हितका लागि गर्ने सबै कार्यहरुमा वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै नमुना काम गरेर देखाउन उनले आग्रह गरे ।

कार्यक्रममा बोल्दै तालिमका सहभागि खुंग्री टोल विकास संस्थाका अध्यक्ष गिरीराज गिरीले तालिमबाट टोल विकास संस्थाको काम, कर्तब्य र भुमिकाको वारेमा स्पष्ट भएको बताए । टोल तथा समुदायको विकासका लागि स्थानीय सरकारसंग समन्वय गरेर काम गर्न लागिपर्ने बताउदै संस्थाको दिगोपनाका लागि वडा कार्यालयले सहयोग गर्नुपर्ने गिरीले बताए । तालिममा अर्का सहभागि हिले टोल विकास संस्थाका सदस्य जित बहादुर पुरीले टोल विकास संस्था के हो ? भन्ने वारेमा अन्यौलता भएको अवस्थामा तालिमबाट अन्यौलता हटेको र धेरै कुरा जानकारी भएको बताए । सहास नेपालका परियोजना संयोजक मेनुका मल्ल सिंहले संचालन गरेको तालिममा दुइ वटा टोल विकास समितिका गरी २१ जनाको सहभागिता रहेको छ ।

 

  • १० चैत्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech