अपहरणपछि ९ दिनसम्म लगातार बालिका बलात्कार गर्ने दुई पक्राउ

असल शासन प्रतिनिधि

रुकुम पूर्व/ अपहरणपछि बन्ध बनाई बारम्बार जबरजस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । रुकुम पूर्वका १४ र १५ वर्षीया दुई बालिकालाई अपहरण गरी बारम्बार जबरजस्ती करणी गरेको अभियोगमा रुकुम पूर्वकै दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा २३ वर्षीय युवक र १४ वर्षीय बालक रहेका छन् ।

पारिवारिक स्रोतका अनुसार ती बालिकाहरु चैत्रको १ गतेदेखि ९ दिनसम्म पनि परिवारको सम्पर्कमा नआएपछि सोमबार मात्रै प्रहरीमा निवेदन दिएका थिए । निवेदन परेलगत्तै प्रहरीले अनुसन्धान थालेको र सोही दिन अभियुक्त दुई जनालाई रुकुमकोटबाट पक्राउ गरिएको हो । दुई बालिकालाई २३ वर्षीय युवकले शरीर बन्धक बनाई जबरजस्ती करणी गरेको नाजुक अवस्थामा फेला पारी उद्धार गरिएको प्रहरीले जनाएको छ ।

अपहरण गरी कोठामा बन्धक बनाएर राखेको दिनबाटै बालिकामाथि करणी हुँदै आएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व रुकुमका डिएसपी गणेश बहादुर श्रेष्ठका अनुसारती बालिकाहरुलाई बिहान ५ बजेको समयमा दिसापिसाब गराउनको लागि आफै शौचालय पुर्‍याउने र त्यसपछि दिनभर कोठामा थुनेर राख्ने गरेको खुल्न आएको छ ।

बालिकाहरु रुने, चिच्याउने गरे विभिन्न धम्की दिएर वशमा पारिरहेको पनि प्रहरीले जनाएको छ ।

  • १० चैत्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech