नेपालगन्ज कोहलपुर सडकखण्डमा दुर्घटना ५ घाईते

असल शासन प्रतिनिधि

नेपालगन्ज । कोहलपुर नेपालगन्ज सडक खण्डको गनापुरमा दुर्घटना भएको छ ।
कोहलपुरबाट नेपालगन्ज तर्फ आउदै गरेको भे १ क १४९९ नम्बरको टिपर र सोही दिशाबाट आईरहेको ना ६ ख ७८८२ नम्बरको बस एक आपसमा ठोकीदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परेर बसमा सवार पाँच जना घाईते भएको जिल्ला ट्राफिक कार्यालय कोहलपुरले जनाएको छ । बसमा सवार एक वालकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिकले दिएको जानकारी अनुसार टिपर पेट्रोल पम्पमा डिजल भर्न सडक क्रस गर्ने क्रममा बसले ठक्कर दिएको थियो । साईड नहेरेर टिपरले बाटो काट्दा बस नियन्त्रण बाहिर गएर दुर्घटना हुन पुगेको प्रत्यक्ष दर्शीले बताए । दूर्घटनामा परि बसको अगाडीको भाग पूर्ण रुपमा क्षतिग्रष्त भएको छ भने टिपरमा समेत सामान्य क्षति पुगेको छ । बस र टिपरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • ११ चैत्र २०७७, बुधबार प्रकाशित

  • Nabintech