बास रामेछापमा युवराजको नेतृत्व

असल शासन प्रतिनिधि

रामेछाप / भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास रामेछाप शाखाको अध्यक्षमा युवराज श्रेष्ठ निर्वाचित भएका छन् ।
बास रामेछाप शाखाको बुधबार रामेछापको मन्थलीमा भएको दोश्रो जिल्ला अधिबेशनले श्रेष्ठको नेतृत्वमा १३ सदस्सीय समिति निर्विरोध निर्वाचित गरेको हो ।
यसरी निर्वाचित समितिको उपाध्यक्षमा एलिना लामा, सचिवमा यादव केसी, सहसचिवमा मिलन विक र कोषाध्यक्षमा विपना थापा रहेका छन्। त्यस्तै समितिको सदस्यहरुमा क्रमशः शुष्मा भण्डारी, आरती खड्का, सविना कार्की, अनिता थापामगर, निरमाया तोलाङ्गे, दिपा महत, सन्तोष खत्री र विमल पौडेल रहेका छन् ।
बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाको प्रमुख आतिथ्यता तथा बास बाग्मती प्रदेश संयोजक इश्वर दाहालको विशेष आतित्थ्यता रहेको थियो । बास रामेछाप शाखाका अध्यक्ष ज्ञानु श्रेष्ठको अध्यक्षतामा अधिबेशन सम्पन्न भएको हो ।

  • ११ चैत्र २०७७, बुधबार प्रकाशित

  • Nabintech