लागू औषध खुवाएर जबरजस्ती करणी

असल शासन प्रतिनिधि

नेपालगन्ज/योजनाबद्ध तरिकाले जुसमा लागू औषध खुवाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । भ्रमणका नाममा होमस्टेमा लगेर बेहोस बनाई जबरजस्ती करणी गर्ने नेपालगन्ज उपमहानगरपालिका २० राँझाका २४ वर्षीय मिमबहादुर बुढालाई काठमाडौंमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।

पक्राउ परेका बुढाले नेपालगन्जकी १९ वर्षीया एक युवतीलाई भ्रमण जाने बाहानामा गत मंसिर ५ गते बाँके बैजनाथ गाउँपालिका वडा नम्बर १ स्थित गाभर भ्यालीको होमस्टेमा पु¥याएका थिए । बुढाले ती युवतीलाई जुसमा लागू औषध नाइट्राजेपाम मिसाई बेहोस बनाएर जबरजस्ती करणी गरेपश्चात् अचेत अवस्थामा रहेकी युवतीलाई घरमा छोडेर फरार भएका थिए ।

हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर १ घर भई हाल नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० राँझामा बस्दै आएका बुढा कतुर्त गरेलगत्तै काठमाडौंमा लुकिछिपी बस्दै आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष प्रहरी टोली र प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौंबाट खटिएको प्रहरी टोलीले काठमाडौंस्थित हाडीगाउँबाट बुढालाई पक्राउ गरेको हो । पक्राउ परेका बुढाबाट लागू औषध नाइट्रापेपाम १४ ट्याब्लेट र इबुप्रोफेन १ ट्याब्लेट बरामद भएकोबाँके प्रहरीले जानकारी दिएको छ ।

  • १२ चैत्र २०७७, बिहीबार प्रकाशित

  • Nabintech