१२ किलो चरेशसहित २ पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/रोल्पा र रुकुम पूर्वका दुई जना १२ किलो चरेशसहित पक्राउ परेका छन् । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ चप्परगौडीस्थित न्यू सुदूरपश्चिम बाजुरा स्टाफ होटलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

लागू औषध चरेशको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा होटलको १०१ नम्बर कोठामा रोल्पा सुनिलस्मृति गाउँपालिका वडा नम्बर ७ का २४ वर्षीय रुद्रबहादुर बुढा र रुकुम पूर्वस्थित भुमे गाउँपालिका वडा नम्बर ७ का २१ वर्षीय रवि पुनलाई प्रहरीले चरेश सहित पक्राउ गरेको हो । जेब्रा झोलाभित्र बाहिर खैरोरंगको प्लाष्टिकले बेरिएको अवस्थामा १२ किलो चरेश फेला परेको थियो ।

  • १२ चैत्र २०७७, बिहीबार प्रकाशित

  • Nabintech