नापी कार्यालयमा शुद्धिकरण सत्याग्रह

असल शासन प्रतिनिधि

नेपालगन्ज /  नेपालगन्ज स्थित नापी कार्यालयमा भ्रष्टाचार बिरुद्ध शुद्धिकरण सत्याग्रह कार्यक्रम गरिएको छ ।
भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बासले आज नापी कार्यालयको मुल गेटमा कार्यालयको सेवा प्रवाहमा सुधार, सुशासन र सेवाग्राही मैत्री कार्यसम्पादन कोे माग सहित सो सत्याग्रह गरेको हो । बिहान ठिक १० बजे कार्यालयको मुल गेटमा पुगेको बासको समुहले आधा घण्टा भ्रष्टाचार बिरुद्धका सन्देस अंकित प्लेकार्य सहित मौन सत्याग्रह गरेको हो । कार्यालय समयको पालना गरौं, म भ्रष्टाचार गर्दिन र गर्न दिन्न, भ्रष्टाचार सहन्न सदाचार बिर्सन्न, म आफ्नो काम प्रति निष्ठावान र इमान्दार छु, म चियापानीको नाममा सेवाग्राही बाट रकम लिदैन, मुस्कान सहितको सेवा मेरो प्राथमिकता, कार्यालयमा सुशासन मेरो पहिलो प्राथमिकता लगायत नारा अंकित प्लेकार्य सहित बासका पदाधिकारी तथा कर्मचारीहरु सत्याग्रहमा सहभागि भएका थिए ।


शुद्धिकरण सत्याग्रहको समापनमा नापि कार्यालयको सेवा प्रवाह सुधारको माग सहित कार्यालयका प्रमुख पुर्ण प्रसाद पाण्डेलाई ११ बुदे ज्ञापन पत्र बुझाइएको छ । यसरी बुझाइएको ज्ञापन पत्रमा कार्यालयमा भईरहेका सबै खालका भ्रष्टाचारको नियन्त्रण गरियोस्, नियमित रुपमा स्वस्फूर्त सूचना प्रकाशन गरियोस्, सवै प्रकारका गुनासाहरुको सुनुवाई तत्काल गरियोस्, सूचना अधिकारी र गुनासो सुन्ने अधिकारीको भुमिकालाई सक्रिय पारियोस्, विना झन्झट आवश्यक सुचना र सेवा सर्वसाधारणलाई उपलब्ध गराईयोस्, असल कार्य गर्ने कर्मचारीलाई प्रोत्साहन र गलत कार्य गर्ने कर्मचारीलाई दण्डीत गरियोस्, सूचनाको हक सम्बन्धी ऐन र सुशासन ऐन अक्षरशः पालना गरियोस्, कार्यालयमा नागरिक वडापत्र र गुनासो पेटिकाको उचित व्यवस्था गरियोस्, विचौलियाबाट हुने गलत कार्यलाई तत्काल रोकियोस् र कार्यालय समयको सहि सदुपयोग होस् भन्ने रहेका छन् ।


ज्ञापन पत्र बुझ्दै कार्यालय प्रमुख पुर्ण प्रसाद पाण्डेले कार्यालयको सेवा प्रवाहलाई प्रभावकारि बनाउन र सुशासन वहाली गर्न प्रतिबद्ध रहेको बताए । सुशासन र पारदर्शिताको माग सहित गरिएको सत्याग्रह लाई सकारात्मक रुपमा लिएको भन्दै सेवा प्रवाहलाई थप प्रभावकारि बनाउने प्रतिबद्धता गरे । उनले ज्ञापन पत्रमा उल्लेख गरेका ११ बुदालाई यथासक्य सम्बोधन गर्ने प्रतिबद्धता गरे ।
बासका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा नापि कार्यालयका प्रमुख पुर्ण प्रसाद पाण्डेलाई बासका कार्यवाहक अध्यक्ष लुना बुढाथोकी, महासचिब शिब कुमार बर्मा र पूर्ब अध्यक्ष राजु लामिछानेले ज्ञापन पत्र बुझाएका थिए । शुद्धिकरण सत्याग्रहमा २० बढीको सहभागिता रहेको थियो ।

  • १२ चैत्र २०७७, बिहीबार प्रकाशित

  • Nabintech